फोपीमा रिलिज भयो एश्वर्य
रमेश उप्रेतीको चलचित्र एश्वर्य आज शुक्रवारको दिन फोपीमा रिलिज हुने भएको छ। बिगत १० महिना यता दुई दर्जन जति चलचित्र रिलिज भै सकेको र विश्वभरी यसरी नेपाली चलचित्रको बजार बिस्तार भैरहेको जानकारि फोपीले दिएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ नया नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ।
फोपीमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ। हरेक चलचित्र हेर्दा ग्रहाकले केही रमक तिर्नु पर्ने छ। नेपालमा यसरी चलचित्र हेर्दा रु ३० वा रु ५० तिर्नु पर्ने छ। यसरी चलचित्र हेर्न आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेस वा खल्ती वा इसेवाबाट पैसा तिर्न सकिने छ। यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड वा सेभेन इलेभेन र अन्य देशहरुमा बैकंको कार्डबाट चलचित्र खरिद गर्न सकिन्छ। यसरी प्रदर्शन गरिएको चलचित्रबापत डिजिटल राईट्स ओनरहरुले पैसा पाउने गरेका छ्न। यस एपका संस्थापक अध्यक्ष प्रशान्त राज कार्कीका अनुसार पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउने उदेश्य यस एपको रहेको छ। आफुहरुले नेपाली चलचित्रलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी कार्कीले दिएका छन। यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ।
यसता एपहरुले नेपाली चलचित्रको डिजिटल युग प्रारम्भ गरेको छ र नेपाली चलचित्रको विश्वबजारीकरण र व्यवसायीक्तामा मनग्य टेवा पुर्याएको छ।
Comments
Post a Comment